२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाल डिभिजन–२ को उपविजेतामै समेटियो, कप्तान पारसको शतक


0
Shares

बिहीबार भएको खेलमा २७८ रनको चुनौती पछ्याउनेक्रममा नेपालले ८ विकेटको क्षतिमा २७० रनमात्र बनाउन सक्यो ।

कप्तान पारस खड्काले कप्तानी इनिङ्स खेल्दै अविजित रहँदै शतक जोडेपनि टिमलाई जिताउन भने सकेनन् । पारसले ८ छक्का र ३ चौकाको मद्दतले अविजित रहँदै १०३ बलमा ११२ रन जोडे ।

प्रारम्भिक खेलाडी ज्ञानेन्द्र मल्ल २४ तथा दिलीप नाथ १३ रनमा आउट भए ।

तेस्रो विकेटका लागि पारस खड्कासँग मिलेर ७३ रनको साझेदारी गर्नेक्रममा दीपेन्द्रसिंह ऐरीले ३५ रन बनाए ।

पारससँग मिलेर चौथो विकेटका लागि ६३ रनको साझेदारी गर्नेक्रममा शरद भेषावकरले ३० रन जोडे । रोहितकुमार पौडेलले २३ रन बनाए ।

यसअघि, युएईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ४ विकेटको क्षतिमा २७७ रन बनाएको थियो ।

नेपाली बलिङमाथि हावी हुँदै अस्फाग अहमदले ११४ रन बनाए । यो प्रतियोगिताकै सबैभन्दा कमजोर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले एक/एक विकेट लिए । सन्दीपले सर्वाधिक विकेट लिनेक्रममा ६ खेलमा १७ विकेट लिए ।

शीर्ष दुईमा रहेर नेपाल र युएई डिभिजन–१ मा उक्लिएका छन् भने मार्चमा जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाएका छन् ।

यता, नामिबियालाई हराउँदै क्यानडा तेस्रो तथा केन्यालाई हराउँदै ओमान पाँचौं भएको छ । क्यानडा र नामिबिया डिभिजन–२ मै रहेका छन् भने केन्या र ओमान डिभिजन–३ मा झरेका छन् ।