३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


पार्टी एकता नटुंगिएसम्म सरकारमा माओवादी केन्द्र नजाने संकेत


0
Shares

तत्काल एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ ।

जनताको बहुदलीय जनवादमा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेतालाई ब्रिफिङ गरेका थिए । दाहालले समग्र प्याकेज नटुंगिएसम्म सरकारलाई समर्थन जनाउने तर सहभागितामा प्राथमिकता नदिने बताएका कारण अन्योल देखिएको हो ।

त्यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दावी प्रस्तुत गराउँदा समर्थन दिए पनि सरकारमा भने सहभागिता जनाएन ।

ओलीले पहिलो चरणमा मन्त्रिपरिषद गठन गर्दा माओवादीका दुईजना नेता सिफारिस गर्न दाहाललाई आग्रह गरेका थिए । ओलीले पहिलो चरणमा एमालेका तर्फबाट आफूसहित तीन र माओवादीका दुई गरी पाँच सदस्यीय मन्त्रिपरिषद बनाउने योजना बनाएका थिए । तर, माओवादीले तत्काललाई सरकार बाहिरैबाट समर्थन गर्ने सूचना पठाएपछि ओलीले एमालेका दुई नेतालाई मात्र मन्त्री बनाए । –अन्नपूर्ण पोस्ट दैनिकबाट