१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


भ्यालेन्टाइन्स डे डान्स पार्टीमा गोली हानी ७ को हत्या


0
Shares

स्थानीय समयानुसार बिहीबार अपराह्न साढे १ बजेतिर सो हत्याकान्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन्स डे मनाइरहेकाबेला घटना भएको ‘डेली एक्सेल्सीओर’ले जनाएको छ ।

नगरप्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका पनि जनाइएको छ ।

त्यो रमाइलो कार्यक्रम सहरको मुख्य ठाँउमा गरिएको थियो । त्यस ‘डान्स पार्टी’मा के–कसरी गोली चल्यो भन्नेबारेमा भने केही बताइएको छैन ।

परम्परागतरुपमा खेतीपातीमा संलग्न हुँदै आएको सान जुआन लाचिगाल्ला समुदाय प्रादेशिक राजधानी ओक्साकादेखि ९० किलोमिटर पर बसोबास गर्दै आएको छ ।

उक्त क्षेत्रमा उनीहरुको करिब तीन हजार ३०० को संख्यामा घर–परिवार रहेको बताइएको छ । रासस/सिन्ह्वा