१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


0
Shares

विराटनगर, मंसिर १८ । मोरङको उर्लाबारी नगरपालिका–६ हाटखोला बजारमा आज बिहानै मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार उर्लाबारी नगरपालिका–६ का २५ वर्षीय अमित धिमाल छन् । उनको उपचारको क्रममा अरनिको अस्पतालमा बिहान सवा ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाईकल चालक ३० वर्षीय बोरीस धिमालको भने नोबेल अस्पतालमा बिराटनगरमा उपचार भइरहेको जनाइएको छ ।

आज बिहानै ३ बजे को१९प ४४७५ नम्बरको मोटरसाईकल  अनियन्त्रित भई सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।