२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बिहीबार उच्च सुधार आएको शेयर बजार साताको सुरुमै पुनः गिरावट


0
Shares

उतार चढावबीच बजार परिसूचक नेप्से ११ अंकले झरेर १४१३ मा आएर थामियो । उत्पादनमूलक समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।

बीमा समूहमा सबैभन्दा उच्च १०७ अंकले गिरावट आयो । त्यस्तै होटल समूहमा ३८ अंक र जलविद्युत समूहमा ३४ अंकको कमी आयो ।

विकास बैंक समूह २१ अंकले ओरालो लाग्यो । अरु सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीको १४ लाख ३० हजार कित्ता शेयर ५९ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।