 
	    रुकुम, फागुन ७ । पश्चिम रुकुममा प्याराग्लाईडिङको सफल परीक्षण गरिएको छ ।
स्वीजरल्याण्डका नागरिक डेनियाले रुकुममा तीन दिनसम्म प्याराग्लाईडिङको सफल प्रशिक्षण उडान गरेका हुन् ।
विज्ञान विषयबाट स्नातकोत्तरको सोधकार्य एवं अभ्यासका लागि उनी रुकुम आएका थिए । उनले बाँफिकोट गाउँपालिका ५ को काँडादेखि परिक्षण थालेका थिए ।
उनी काँडादेखि मग्मा, दुधिला, लेखावाङ, भनभने, सिस्ने हुँदै प्याराग्लाइडिङ गरेर स्यार्पूगाउँमा अवतरण गरेका थिए ।
उनले विभिन्न ठाउँबाट प्याराग्लाईडिङ परीक्षण गरेर रुकुम प्याराग्लाईडिङका लागि उपयुक्त भएको बताएका छन् ।
रुकुम पर्यटकीय जिल्ला भएको र प्याराग्लाईडिङलाई व्यवसायको रुपमा अगाडि बढाउन सके पर्यटकलाई भित्र्याउन सकिने डेनियाले बताए ।
प्याराग्लाईडिङ परीक्षण हेर्न काँडागाउँबासीको भिड लागेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्