
काठमाडौं, असार १४ । मुलुकमा चर्चित भनाइ छ– सियो पनि बनाउन नसक्ने देश । हुन पनि नेपालको आयात सूची हेर्ने हो भने त्यस्ता सामान भेटिन्छन् जो विश्वास गर्न गाह्रो हुन्छ ।
आयात भइरहेको सियो, टुथ पिक, ट्वाइलेट पेपर, चक, टुथ ब्रस, स्यानीटरी प्याड, धनियाँ, जौ, पानीजस्ता सामानको नाम लेख्दै जाने हो भने लामै सूची हुन्छ ।
भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने आयात–निर्यातको विवरण हेर्ने हो भने करोडौं रुपैयाँका अति सामान्य वस्तुहरु आयात भइरहेको देखिन्छ ।
चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार मुलुकमा ५९ हजार ५ सय ४४ केजी सियो आयात भएको छ । विश्वका विभिन्न आठ देशबाट कपडा सिलाउन, बुन्न र मेसिनमा प्रयोग हुने फलाम र स्टिलको सियो आयात भएको भन्सार विभागको विवरणमा उल्लेख छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्