
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्न धनगढी पुगेका क्रिकेटरहरु, प्रतियोगिता खेल्न पाउँदा जति उत्साहित छन्, आफ्नो भविष्यप्रति उत्ति नै अनिश्चित पनि ।
लामो समयसम्म घरेलु प्रतियोगिता खेल्न नपाएको महिला क्रिकेट टोलीले थाईल्याण्डमा एसिया क्षेत्रको महिला ट्वेन्टी-ट्वेन्टी विश्वकप छनौटमा निराशाजनक प्रदर्शन गरेको थियो ।
पछिल्लो तीन वर्षदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुँन थालेपछि भने नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीलाई केही भए पनि आशा जागेको छ ।
आफ्नो जीवनको दशक बढि समय यही खेलमा बिताएकी रुविनाले महिला क्रिकेटमा पछिल्लो केहि बर्ष यताको शुन्यताले निकै दुःखी बनाएको दुखेसो पोखिन् ।
कुनै बेला नेपाली महिला क्रिकेटले पुरुष टोली जति नैं सफलता हासिल गरेको थियो ।
तर पछिल्लो केहि बर्ष यता भने नेपाली महिला क्रिकेटरहरु कसले प्रतियोगिता आयोजना गरिदेला भनेर क्यालेन्डर हेरर बस्न बाध्य छन् ।
नयाँ खेलाडी पनि नआउने र पुराना खेलाडीलाई पनि नियमीत अभ्यासको व्यवस्था नहुँदा समग्र नेपाली टोलीकै प्रदर्शन खस्किरहेको छ ।
विगतमा नियमित रुपले महलिा क्रिकेटमा सहभागिता जनाईरहेका क्षेत्रीय टोलीहरुलाई अहिले खेलाडी जम्मा पारेर टिम बनाउनै मुुश्किल हुन थालेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन नसक्दा अहिले राष्ट्रिय खेलाडी नै तितरवितर भईसकेका छन् ।
महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता तिन बर्षदेखी भईरहेपनि जिल्ला र क्षेत्र तहमा भने प्रतियोगिता आयोजना नहुँदा क्रिकेटर बन्ने सपना बुनेकाहरु निकै निराश हुन थालेका छन् ।
यस्तोमा धनगढीले अहिलेसम्मकै सर्वाधिक राषिको महिला क्रिकेट प्रतियोगिता गरेपछि भने केहि आशाका किरणहरु देखिएको पश्चिमाञ्चल विकास क्षेत्रकी कप्तान बर्षा राना बताउँछिन् ।
लगातार निराश बनिरहेका महिला क्रिकेटरहरुलाई देशमा क्रिकेट शहरको रुपमा परिचय बुनिरहेको धनगढीले फेरी एउटा अवसर जुराई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्