३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन


0
Shares

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ ।

कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढुकुटीबाट करिब २१ करोड रुपैयाँ जोगिएको छ । आन्तरिक स्रोतले नियमित खर्च धान्न नसकि सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी लर्को बाँकी करोडौं रुपैयाँ खर्चेर अनावश्यक रुपमा विदेश भ्रमणमा निस्केपछि त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो । –नागरिक दैनिकबाट