
यही फागुन ३ गते भारतको रक्सोलका मनिषकुमार नारायणको हत्या गरेको आरोपमा भारत बिहारको पूर्वी चम्पारण पटोकका सन्तोष गुप्ता र रक्सोलका राहुल पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले मनिषकुमारको हत्या गरेर बाराको गण्डक नहर छेउमा फालेको आरोप प्रहरीले जनाएको छ । गुप्ता र पटेलले मनिषकुमारको हत्या गरेर ना२ह ११० नम्बरको टेम्पोमा शव ल्याएर फालेको प्रहरीले जनाएको छ ।
शव बोक्न प्रयोग भएको टेम्पोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
विवाहको कार्ड बाँड्न भन्दै मनिषकुमारलाई पटेल र गुप्ताले वीरगन्जको चण्डाल चोकमा अत्याधिक मदिरा खुलाएर सोही राति घाँटी रेटेर हत्या गरेको पुष्टि भएको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । व्यक्तिगत रिसइवीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्