२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्रधानमन्त्री ओलीलाई राष्ट्रपति ट्रम्पले दिए बधाइ


0
Shares

राष्ट्रपति ट्रम्पले शुक्रबार प्रधानमन्त्री ओलीलाई पठाएको बधाइ सन्देशमा तीनओटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।

अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताएका छन् । रासस