उत्तर कोरियाविरुद्ध अमेरिकाले सबैभन्दा कडा नाकाबन्दी लगाउने • Image Khabar Image Khabar


उत्तर कोरियाविरुद्ध अमेरिकाले सबैभन्दा कडा नाकाबन्दी लगाउने


Imagekhabar
१२ फाल्गुन २०७४, शनिबार ०६:४२

उत्तर कोरियाविरुद्ध अमेरिकाले सबैभन्दा कडा नाकाबन्दी लगाउने

काठमाडौं, फागुन १२ । अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ ।

सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले यो नाकाबन्दी उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम रोक्न एक महत्वपूर्ण प्रयास हुने बताएका छन् ।

उनले यसलाई उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी भएकोसमेत घोषणा गरेका छन् ।

उत्तर कोरियाले अहिले पनि आफ्नो आणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले थप नाकाबन्दी लगाउनुपरेको उनको भनाई छ ।

यो नाकाबन्दीमा ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको छ ।

यीमध्ये उत्तर कोरियाका १६, हङकङका पाँच, चीनका दुई, ताइवानका दुई र पनामा तथा सिंगापुरका एक÷एक कम्पनी छन् ।

उत्तर कोरियामाथि अमेरिकाले यसअघि पनि कयौं प्रतिबन्ध लगाइसकेको छ ।

यसअघि गत डिसेम्बरमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दी लगाएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्