
चर्को आवाजमा डिजे बजाएर होहल्ला गर्नेक्रममा मध्यराति मलंगवा नगरपालिका–९ कोल्डस्टोर चोकमा जन्ती आएका व्यक्ति र स्थानीय वासिन्दाबीच झडप भएको हो ।
मलंगवा–९ का पिन्टु गुप्ताकी छोरी पिंकी गुप्ता र रौतहटको चन्द्रपुर नगरपालिका–४ का नागेश्वर गुप्ताका छोरा अजय गुप्ताको विवाहमा झडप भएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी दिए ।
उनकाअनुसार घटनामा केटापक्षका चन्द्रपुर नगरपालिका–४ बस्ने १७ वर्षीय समिम अन्सारी, २३ वर्षीय दीपेन्द्र साह र १५ वर्षीय दीपक गुप्ता घाइते भएका छन् ।
घाइतेमध्ये टाउकोमा गहिरो चोट लागेका गुप्ताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनैजनालाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपछि शनिबार बिहान नेसनल मेडिकल कलेज वीरगन्ज ‘रेफर’ गरिएको एसपी खाँले बताए ।
प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्