कांग्रेस पाँच वर्ष सत्ताबाहिर : प्रवक्ता शर्मा • Image Khabar Image Khabar


कांग्रेस पाँच वर्ष सत्ताबाहिर : प्रवक्ता शर्मा


Imagekhabar
१२ फाल्गुन २०७४, शनिबार १९:००

कांग्रेस पाँच वर्ष सत्ताबाहिर : प्रवक्ता शर्मा

नेपाल प्रेस युनियनले शनिबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा प्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले सत्ताबाहिर बसेर लोकतन्त्रको सुदृढीकरण, संघीयता र संविधानको कार्यान्वयनमा पार्टी गोलबद्ध हुने बताए ।

उनले नेपाली राजनीतिमा परिवर्तनको मियोकारुपमा स्थापित कांग्रेसलाई आगामी पाँच वर्षमा अब्बल पार्टीमा दर्ज नगराइ पार्टीका तलदेखि माथिसम्मका कुनै नेताले विश्राम नलिने उद्घोषसमेत गरे ।

सो अवसरमा प्रवक्त शर्माले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश शर्मा, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल टेलिभिजन सन्चालक समितिका सदस्य गोविन्द धिताललाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली प्रेसले पुर्‍याएको योगदानलाई कसैले भुल्न नहुने चर्चा गरे । रासस

प्रतिक्रिया दिनुहोस्