२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


११ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ


0
Shares

बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नगरपालिकाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

बर्दिवास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनका बलमा बालयौन दुराचारको घटना मिलाउन लागिएको प्रयासलाई विफल बनाउँदा रिसाललाई पक्राउ गरिएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

पीडकले पीडितलाई धम्की दिएर समाजको छलफलबाट रु ५१ हजार दिएर घटना ढाकछोप गर्न लागेका थिए । पीडक रिसालले आफ्नै ठाउँमा मिल्न दबाब दिँदै दुईचार जना बसेर निर्णय गराउँदै रु ५१ हजार दिन आएको पीडित बालकका पिताले बताएका छन् ।

यही फागुन पहिलो सातामै राति रिसालले बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप छ । (रासस)