प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई • Image Khabar Image Khabar


प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार १७:१९

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबलाई

एपीएफले फाइनलमा पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ६० रनमात्र बनाउन सक्यो । पूर्वाञ्चलका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनुबाहेक अन्य कसैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि कसिलो बलिङ गरेका रेखा रावल, करुणा भन्डारी, सिता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिए ।

जवाफमा ६१ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो । एपीएफको जितमा ज्योति पान्डेले २२, सरिता मगरले अविजित १५ रनको योगदान दिईन् ।

पूर्वाञ्चलका संगता राई र शान्ति चौधरीले एक–एक विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

विजेता एपीएफले ५ र उपविजेता पूर्वाञ्चलले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । ब्यक्तिगत विधातर्फ पूर्वाञ्चलका खेलाडीको बर्चश्व रह्यो ।

पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको उत्कृष्ट बलरसहित प्लेयर अफ दि सिरिज घोषित भइन् । उत्कृष्ट ब्याट्सवुमन पनि पूर्वाञ्चलकै काजल श्रेष्ठ बनिन् । सुदुरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी बन्दा फेयर प्ले टिम पनि सुदुरपश्चिमाञ्चल नै चुनियो ।

प्रतिक्रिया दिनुहोस्