२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया इच्छुक !


0
Shares

दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इन र उत्तर कोरियाका गुप्तचर प्रमुख जनरल किम योङ चोलबीच सोलमा भएको भेटवार्तापछि यस्तो घोषणा गरिएको हो ।

जनरल किम प्योङचाङ शीतकालीन ओलम्पिकको समापन समारोहमा भाग लिने क्रममा दक्षिण कोरियामा छन् । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच दरार सिर्जना गर्न पनि वार्ताको प्रस्ताव अगाडि सारेको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का पनि समारोहमा सहभागी हुने कार्यक्रम छ । तर अमेरिकी अधिकारीहरुले भने उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग इभान्काको कुनै वार्ता नहुने जनाएका छन् ।

यसअघि ओलम्पिककै उदघान समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाली प्रतिनिधिमण्डलसँम्ग गोप्य वार्ता गर्ने योजना बनाए पनि अन्तिम समयमा उत्तर कोरियाले रद्द गरेको थियो ।

पेन्सले सोलमा ‘उत्तरका भगौडाहरू’लाई भेटेको भन्दै उत्तर कोरियाले वार्ता रद्द गरिएको थियो । (एजेन्सी)