
आइतबार भएको दोस्रो क्वाटरफाईनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफको तेस्रो मिनेटमै पुलिसका रेजेन सुब्बाले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, त्यो अग्रता पुलिसले एक मिनेट पनि जोगाउन सकेन । चौथो मिनेटमै मनाङका विदेशी खेलाडी काचीले गोल गर्दै खेल बराबरीमा पु¥याए ।
पहिलो हाफमा दुवै टिमले थुप्रै मौका गुमाए । मनाङका विमल रानाले दोस्रो हाफको ९ औं मिनेटमा गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । खेलमा थप गोल हुन नसक्दा मनाङ सेमिफाईनलमा प्रवेश गर्यो ।
खेलमा मनाङका गौरव बुढाथोकी म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत भोली (सोमबार) विभागिय टोली त्रिभुवन आर्मी क्लव र फ्रेण्डस क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।
चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको फाईनल खेल १९ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्