१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सम्धीले दाउरा प्रहार गर्दा घाइते भएका ओलीको उपचारकै क्रममा मृत्यु


0
Shares

डाँगी र ओली सम्धीसमेत भएको खुलेको छ । गत फागुन ९ गते बुधबार राति घरायसी विवाद हुँदा डाँगीले ओलीको टाउकोमा दाउरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

दाउरा प्रहारबाट गम्भिर घाईते भएका ओलीलाई उपचारका लागि मेडिकल कलेज कोहरपुरमा लगिएको थियो । उपचार हुँदाहुँदै उनको आईतबार अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक सुरेन्द्र कुमार स्वाँरले जानकारी दिए ।

दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । पछिल्लो समयमा रुकुममा कर्तव्य ज्यान, आत्महत्या लगायतका घटनाहरुमा वृद्धि भएको छ ।