बर्दियाको मधुवन नगरपालिकाको कार्यलयमा विस्फोट • Image Khabar Image Khabar


बर्दियाको मधुवन नगरपालिकाको कार्यलयमा विस्फोट


Imagekhabar
१३ फाल्गुन २०७४, आईतवार २०:१९

बर्दियाको मधुवन नगरपालिकाको कार्यलयमा विस्फोट

विस्फोटबाट नगरपालिकाको उपप्रमुख बस्ने कोठाका झ्यालका सिसा फुटेका छन् ।

स्थानीयका अनुसार अनटेस्ट मोटरसाइकलमा आएका दुईजनाले झोला राखेका थिए । झोला राखेर मोटरसाईकल चढेलगत्तै ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

टाइम बम हुन सक्ने प्रहरीले अनुमान गरेको छ । विस्फोटबाट मानवीय क्षति नभए पनि भवनको उत्तरतर्फको झयाल तथा नजिकै बन्दै गरेको पार्टी प्यालेसको भवनको सिसा फुटेका छन् ।

घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । विस्फोटपछि मधुवन नगरका स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्