२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टर्कीका १६ महिलालाई मृत्युदन्डको सजाय


0
Shares

इराकको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताएका छन् ।

इराकको सर्वोच्च न्याय परिषदका प्रवक्ताकाअनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।

न्यायाधीशकाअनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् ।

ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोसाकमा गत आइतबार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएको थियो ।

ती १६ महिलामध्ये चारजनाको स–साना बालबालिका पनि रहेका जनाइएको छ ।

आइएस लडाकूहरुको आफन्त भएको आशंकामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका ‘एएफपी’ समाचार समितिले जानकारी दिएको छ ।

सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकूहरूसँग इराकी फौजविरूद्ध आफूले लडाइँ गरेको न्यायाधीशसमक्ष स्वीकार गरेकी अदालतका एक अधिकारीले बताएका छन् ।

सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइँमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदन्ड सुनाइएको थियो ।

यसै महिनाको सुरूतिर पनि टर्कीकी एक महिलालाई मृत्युदन्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको पनि जनाइएको छ । रासस/सिन्ह्वा