पपुवा न्यूगिनीको शक्तिशाली भूकम्पमा परी ३१ जनाको मृत्यु • Image Khabar Image Khabar


पपुवा न्यूगिनीको शक्तिशाली भूकम्पमा परी ३१ जनाको मृत्यु


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार १४:५०

पपुवा न्यूगिनीको शक्तिशाली भूकम्पमा परी ३१ जनाको मृत्यु

सो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।

भूकम्प शक्तिशाली रहेकाले ठूलो क्षति भएको अनुमान सोमबारै नै गरिएको थियो ।

सो भूकम्पबाट मंगलबार बिहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धार अधिकारीहरुले जनाएका छन् ।

सो भूकम्पको विस्तृत् विवरण भने अझै प्राप्त भएको छैन । भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी स्थानीय अधिकारीहरुले दिएका छन् ।

तर, त्यसमा भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत् विवरण भने प्राप्त नभएको जनाइएको छ ।

भूकम्पबाट मेन्दी सहरका १३ तथा कुटुबु र बोसेभ सरहमा १८ जना बढीको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरुले योभन्दा बढी व्यक्ति मारिएको अनुमान गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्