
मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमी र जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टिएमटी बारबीच प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रतियोगितालाई जगशक्ति टिएमटी बारले सहप्रायोजनबापत १० लाख रुपैयाँ प्रदान गर्नेछ ।
नेपालका विभिन्न ६ सहरको नाममा रहेका फ्रेन्चाइज टोलीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता आगामी चैत १७ गतेदेखि धनगढीमा सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्