१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस् : राष्ट्रपति


0
Shares

काठमाडौं, मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भएपनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख मुलुक बन्न पुगेको जनाएकी छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औं सम्मेलनका लागि शनिबार पोल्यान्ड प्रस्थान गर्नुअघि ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भनिन्–‘हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस् । निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायुअनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।’ रासस