जापानले दियो एन्फालाई झन्डै ७४ लाख रुपैयाँ अनुदान सहयोग • Image Khabar Image Khabar


जापानले दियो एन्फालाई झन्डै ७४ लाख रुपैयाँ अनुदान सहयोग


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार १२:१९

जापानले दियो एन्फालाई झन्डै ७४ लाख रुपैयाँ अनुदान सहयोग

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको रंगशाला, होस्टेल तथा अन्य पूर्वाधार निर्माण एवं सुधारका लागि यो रकम सहयोग गरिएको हो ।

जापानी दूतावसामा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धिरेन्द्र प्रधानले सहयोगसम्बन्धी सम्झैतापत्रमा हस्ताक्षर गरे ।

जापानले कल्चरल ग्रासरुट प्रोजेक्टमार्फत यो सहायत उपलब्ध गराएको हो ।

यसैगरी, जापान सरकारले एन्फाको प्राविधिक पक्षमा सहयोग गर्न एकजना विज्ञ नियुक्त गरिदिएको छ ।

हाल एन्फामा टेक्निकल एड्भाईजरको रुपमा रहेका सियाकी ताकेडालाई जापान सहयोग नियोग जाइकामार्फत एक वर्षका लागि एन्फाको प्राविधिक विज्ञमा नियुक्त गरिदिएको हो ।

पछिल्लो दुई वर्षदेखि ताकेडा जापान फुटबल संघ जे.एफ.ए को सहयोगमा नेपाली टोलीका टेक्निकल एड्भाईजरको रुपमा कार्यरत थिए ।

यसैगरी, दुई वर्षदेखि मुख्य प्रशिक्षकको रुपमा रहेका ग्योतोकु कोजीको नेपाली राष्ट्रिय टोलीसँगको बसाई कम्तिमा एक वर्ष लम्बिएको छ । कोजीले अब आफ्नो ध्यान आसन्न साफ गेम्समा केन्द्रित हुने बताए ।

नेपाली राष्ट्रिय फुटबल टोलीले यही मार्च २७ तारिखमा यमनसँग एसिन कप छनोट चरणको अन्तिम खेल खेल्दैछ । कतारमा हुने उक्त खेलको लागि यही मार्च ४ तारिखदेखि खेलाडीहरुको प्रशिक्षण सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्