१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रोचडेललाई हराउँदै टोटनह्याम क्वाटरफाइनलमा, लोरेन्तेले गरे ह्याट्रिक


0
Shares

काठमाडौं, फागुन १७ । रोचडेललाई हराउँदै टोटनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

गएराति वेम्बले रंगशालामा भएको रि प्ले मा टोटनह्याम ६-१ ले विजयी भयो ।

टोटनह्यामलाई विजयी गराउन फर्नान्डो लोरेन्तेले दोस्रो हाफको १२ मिनेटभित्र ह्याट्रिक पुरा गरे ।

यसैगरी कोरियाली खेलाडी हिउङ मिन सनले दुई गोल गर्दा कायल वाल्कर पिटर्सले एक गोल थपे ।

जितसँगै टोटनह्यामले प्रिमियर क्लव स्वान्सी सिटीविरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।

क्वाटरफाइनल खेलहरु मार्च १७ तारिखमा सुरु हुने छन् ।