डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशकले राजिनामा दिने, ट्रम्प चिन्तित • Image Khabar Image Khabar


डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशकले राजिनामा दिने, ट्रम्प चिन्तित


Imagekhabar
१७ फाल्गुन २०७४, बिहीबार १०:३४

डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशकले राजिनामा दिने, ट्रम्प चिन्तित

काठमाडौं, फागुन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिने घोषणा गरेकी छिन् । हिक्स राष्ट्रपति ट्रम्पसँग सबैभन्दा लामो समय काम गर्नेमध्येकी एक सल्लाहकार थिइन् ।

राष्ट्रपति ट्रम्पले उनलाई साँच्चीकै असल मानिस भन्दै उनको अभाव खड्किने बताएका छन् ।

उनले हिक्स निकै राम्रोसँग आफ्नो जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति भएको भन्दै भविष्यमा पनि सँगै काम गर्न चाहेको बताए ।

२९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन् । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुने भन्ने प्रष्ट नभएको बताए ।

ह्वाइट हाउसका सञ्चार निर्देशक एन्टोनी स्कारामुची बर्खास्तमा परेपछि गत अगष्टमा राष्ट्रपति ट्रम्पले उनले ह्वाइट हाउसको सञ्चार टोलीको प्रमुखको जिम्मेवारी दिएका थिए ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्