१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बार्सिलोना बराबरीमा रोकियो, शीर्षस्थान कायमै


0
Shares

गएराति लास पाल्मासको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलमा बार्सिलोनाका लियोनल मेस्सीले २१ औं मिनेटमा पहिलो गोल गरे । तर, ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई लास पाल्मासका जोनाथन क्यालेरीले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा आलाभेजले लेभान्तेलाई १–० ले हराँउदा रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलहरुपछि स्पेनिस लिगको अंक तालिकामा २६ खेलबाट ६६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा तथा ५१ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।