२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रिय खुला कराँते च्याम्पियनसिप फागुन २५ देखि


0
Shares

नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्रांगणमा हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता संयोजक तथा प्रशिक्षक दीपक लामाकाअनुसार दुईदिने प्रतियोगितामा उपत्यका र उपत्यकाबाहिरबाट गरी ३०० बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

८ लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त प्रतियोगिताका लागि बूढानीलकन्ठ नगरपालिका–११ ले दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यबाहक वडाध्यक्ष विनोदकुमार तामाङले बताए ।