Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


घुस बाँडफाँट नमिल्दा कुटाकुट, कार्यालय भित्रै वियर र रक्सीका बोतल भेटियो


0
Shares

धनगढी, फागुन १९ । हाकाहाकी घुस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ ।

कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ ।

विहीबार कार्यालय समयमै कर्मचारीबीच घुस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो ।

मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो’, कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवन गरेका थिए ।’

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारी मध्ये पूर्णानन्द भट्टको दाँया हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालय भित्रै वियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नीवन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् । यी मध्ये नापी र मालपोतका कर्मचारी को–को हुन भन्ने पूर्ण खुलेको छैन् । –कान्तिपुर दैनिकबाट