
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आइतबार आयोजक जिम्बाब्वेको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
प्रतियोगितामा टेस्ट मान्यताप्राप्त चारसहित कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल र जिम्बाब्वेसँगै समूह ‘बी’मा अफगानिस्तान, स्कटल्यान्ड र हङकङ रहेका छन् भने समूह ‘ए’मा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, युएई र पपुवा न्यूगिनी रहेका छन् ।
प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने राष्ट्र अर्को वर्ष इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।
विश्व क्रिकेट लिग डिभिजन–२ बाट बढुवा हुँदै प्रतियोगितामा स्थान बनाएको नेपालले ‘सुपरसिक्स’ चरणमा पुग्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने प्रमुख लक्ष्य बनाएको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा फागुन २४ गते स्कटल्यान्ड, तेस्रो खेलमा फागुन २६ मा अफगानिस्तान र चौथो तथा समूह चरणको अन्तिम खेलमा फागुन २८ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै समूहका शीर्ष तीन स्थानमा रहने राष्ट्र सुपरसिक्स चरणमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्