२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्व कीर्तिमान बनाउने प्रयास


0
Shares

विश्व कीर्तिमानी परिषद नेपालको आयोजनामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ वाचन गरिएको हो ।

‘बुद्ध वाज बर्न इन् नेपाल’ नाम दिइएको कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौंमा उपस्थित भएका थिए ।

सो कार्यक्रममा ७५ हजार व्यक्तिले आधिकारिक पास लिएर कार्यक्रमस्थलमा प्रवेश गरेको र त्यति नै संख्यामा पास नलिइकन मानिसहरु उपस्थित भएको दाबी आयोजकको छ ।

राष्ट्र, राष्ट्रियता र स्वाभिमान दर्शाउन र यसअघि कायम रहेको विश्व कीर्तिमान भंग गरी नेपालको नाममा कायम गर्ने प्रयासस्वरुप कार्यक्रमको गरिएको आयोजको भनाइ छ । यो कीर्तिमान अहिले भारतको नाममा दर्ता छ ।

भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले सन् २०१४ मा ४६ हजार ६६० व्यक्तिलाई राखेर कविता पढाइ यो कीर्तिमान बनाएको थियो । त्यतिबेला १६औं शताब्दीका कवि पोथानमद्वारा रचित ‘जानपना’ वाचन गरिएको थियो ।

नेपालमा भएको कार्यक्रमलाई गिनिज बुकले मान्यता दिन बाँकी छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले युद्धबाट समस्याको समाधान नहुने भन्दै बुद्ध वचनलाई पालना गर्नसके विश्वमै शान्ति छाउने बताए ।