
योसँगै गत सेप्टेम्बरमा सम्पन्न चुनावपछिको पाँच महिना लामो राजनीतिक गतिरोध अन्त्य भएको छ ।
सोसियल डेमोक्र्याट्स्को नेतृत्व पंक्ति मर्केल सरकारको गठबन्धनमा सहभागी हुने र गठबन्धनको विपक्षमा रहेको चरमपन्थी युवा समूह गरि दुई धारमा विभाजित थियो । एसडीपीको समर्थनसँगै मर्केलको क्रिश्चियन डेमोक्र्याट्स पार्टीको गठबन्धनको पक्षमा ६६ प्रतिशत मत पुगेको छ भने विपक्षमा ३३ प्रतिशत रहेको छ ।
मर्केल १२ वर्ष देखि सत्तामा छिन् । उनले अब विभिन्न चुनौतिसँगै आप्रवासी विरोधी अल्टरनेटिभ फर जर्मनी पार्टीको चुनौतिसमेत सामना गर्नु पर्नेछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्