चीनमा सैन्य बजेटमा आठ प्रतिशतले बृद्धि गरिने • Image Khabar Image Khabar


चीनमा सैन्य बजेटमा आठ प्रतिशतले बृद्धि गरिने


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार ११:५९

चीनमा सैन्य बजेटमा आठ प्रतिशतले बृद्धि गरिने

काठमाडौं, फागुन २१ । चीनले आफ्नो सैन्य बजेटमा ८ प्रतिशत बृद्धिको घोषणा गरेको छ ।

प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा सम्बोधन गर्दै सैन्य बजेट घोषणा गरेका छन् । यो घोषणासंगै चीनको आगामी वर्षका लागि सैन्य बजेट १ सय ७५ विलियन डलर पु¥याइएको छ ।

लीले आर्थिक वृद्धि दर ६ दशमलब ५ प्रतिशतको लक्ष्य राखेका छन् । चिनियाँ सरकारले आगामी वर्षमा आर्थिक,जनसंख्या, गरिबी घटाउने जस्ता तीन वटा मुद्दामा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

नेशनल पिपुल्स कंग्रेसले एउटा व्यक्ति दुई कार्यकालका लागि मात्र राष्ट्रपति बन्न पाउने प्रावधान हटाउने अनुमान गरिएको छ ।

यस्तो निर्णय आएमा वर्तमान राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्न पाउने बाटो खुल्नेछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्