
उनीहरु दुवैजनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टीकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले टीकापुर नगरपालिका–९ का सन्दीप रावल र टीकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरुलाई बालाजु वृत्तमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनकाअनुसार दुवैजनालाई कैलाली ल्याउने तयारी भइरहेको छ ।
फागुन १७ गते होली मैदानमा होली खेलिरहेको अवस्थामा कैलाली, टीकापुर–२, सीतापुरका २१ वर्षीय थापालाई छुरा प्रहार गरी हत्या गरिएको थियो ।
हत्यामा संलग्नहरु पक्राउ परेसँगै तीन दिनदेखि बन्द रहेको टीकापुर सामान्य बन्दै गएको छ ।
थापाका आफन्तले बन्दका कार्यक्रम फिर्ता लिनुका साथै मृतकको अन्तिम संस्कारसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्