
सम्झौताअनुसार नासले देशभर फैलिएर रहेका स्वास्थ्यचौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा सन्चालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउनेछ ।
यसको व्यवस्थापन नासले स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्नेछ ।
अर्को सम्झौता आपत्कालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने रहेको छ ।
सम्झौतापत्रमा नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका प्रा. डा. श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्