
चीनले तराईका बाढीपीडितहरुलाई सहयोग गर्न युएनडीपीमार्फत् ४० करोड रुपैयाँ सहयोग गरेको हो ।
तराईका सात जिल्लामा सन्चालित कार्यक्रमले सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहत र पर्साका बाढीपीडित प्रत्येक घरघुरीलाई १५ हजार बराबरको गैरखाद्य सामग्री सहयोग गरेको हो ।
स्थानीय सरकारले अन्तिम सिफारिस गरेका राहतपाउन योग्य घरधुरीहरूको व्यक्तिगत विवरणलाई फिल्डमा खटिएका सामाजिक परिचालकले रुजु गरी राहत पाउन योग्यहरूको विवरण माइक्रोसफ्टसँगको सहकार्यमा मोबाइलमा आधारित अनुगमन प्रणालीमा तयार गरिएको थियो ।
सप्तरीमा गरिएको राहत वितरण कार्यक्रममा बोल्दै नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी उपदेशिय निर्देशक सोफिया केम खाजेले सहयोग सामग्री वास्तविक पीडितहरुसमक्ष पुर्याउन सफल भएको बताइन् ।
सप्तरीको तिलाठी–कोइलाडी नगरपालिकाका मेयर सतिश सिंहले डुबान समस्या समाधानका लागि तराईमा दीर्घकालीन योजना सन्चालन गर्न आवश्यक रहेको बताए ।
गत असारमा तराईका जिल्लामा आएको बाढीमा परेर १६० जनाको ज्यान गएको थियो भने ४३ हजार घरहरु पूर्णरुपमा ध्वस्त भएका थिए । बाढीमा परेर २१ हजार घरपरिवार विस्थापित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्