१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


४५ लाख रुपैयाँसहित एक भारतीय समातिए


0
Shares

भारतको जोगबनीबाट विराटनगर आउनेक्रममा रानी भन्सारको मुख्य गेटमा विशेष सुराकीका आधारमा भारत, अररिया फारबीसगन्जका ४५ वर्षीय नारायण साहलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ ।

बीआर११एए ६२६५ नम्बरको कारको सिटमुनिबाट बरामद गरिएको उक्त रकम हुन्डी कारोबारीको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले बताए ।

यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।