
मंगलबार झापाको बिर्ताबजारस्थित डोमालाल रंगशालामा खेलमा सहारालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको निर्धारित् समयमा दुवै टोलीका तर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा मनाङका तर्फबाट सुजल श्रेष्ठ, विमल बस्नेत, अन्जन विष्ट र डोना थापाले गोल गरे ।
सहाराका तर्फबाट विजय श्रेष्ठ, रन्दीप पौडेल र विश्व अधिकारीलेमात्र बललाई जाली चुमाए ।
खेलको ‘म्यान अफ दी म्याच’ मनाङका अन्जन विष्ट घोषित भए । उनले २५ हजार रुपैयाँ पाए ।
यसअघि, खेल अवधिभर मनाङ आक्रमकरुपमा प्रस्तुत् भएपनि गोल गर्न सकेन । सहाराको डिफेन्स लाइन बलियो हुँदा मनाङले थुप्रै अवसर गुमाएको थियो ।
प्रतियोगिताअन्तर्गत् बुधबारको खेलमा आयोजक झापा–११ र भारतको सिक्किम युनाइटेड भिड्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्