Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


फेसबुकको लफडामा हत्या ! १० जना समातिए


0
Shares

वृत्तले नुवाकोट घर भइ कामपा–१६ बस्ने सुचिकारको हत्यामा संलग्न तारकेश्वरका सुजन महर्जन, निर्मल महर्जन, दिनेश नगरकोटी, विशाल पुतुवार, समिर महर्जन, विक्की पुतुवार, रोजीना मगर, नुवाकोट घर भइ शेषमती बस्ने आइतसिंह तामाङ र सोलुखुम्बु घर भइ शेषमती बस्ने राजन मगर र दोलखा घर भइ नयाँबसपार्क बस्ने पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ ।

वृत्तले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाले ‘पुरानो गुह्वेश्वरी एजी’ फेसबुक समूह सन्चालन गरेको र उक्त समूहमा कुमार जोडिएर उनीहरुलाई उक्त समूहबाट हटाइ नयाँ साथी जोडेपछि पक्राउ समूहले रिसको झोकमा कुमारलाई हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा वृत्तका प्रमुख विश्वराज खड्काले सामाजिक सञ्जालमार्फत् कुरा नमिल्दा माघ २६ गते साँझ ७ बजे फूलबारी गेटमा ढुंगा र फलामको रडले हानेर घाइते बनाइ फालेको र उपचारकाक्रममा माघ २९ गते ट्रमा सेन्टरमा कुमारको मृत्यु भएको बताए ।

उनले घाइते व्यक्तिको उपचारकाक्रममा पहिचान खुल्न नसकेकाले हत्यारा पक्राउ गर्न केही ढिला भएको बताए ।

पक्राउ परेका १० मध्ये ८ जनालाई अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस