२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामा, ट्रम्पको नीतिप्रति असन्तुष्ट


0
Shares

काठमाडौं, फागुन २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् ।

उनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । गैरी क्युन राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिन्छन् ।

उनले ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण राजीनाम दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

पछिल्लो समय खुला ब्यापार र आल्मुनियम तथा स्टील आयातमा लाग्ने कर बढाउने ट्रम्पको नीतिप्रति उनी असन्तुष्ट रहँदै आएका थिए ।

राजीनामा दिएपछि क्युनले रष्ट्रपति ट्रम्पले आफूलाई आर्थिक सल्लाहकारमा नियुक्त गरी देशको सेवा गर्ने मौका दिएकोमा धन्यवाद दिएका छन् ।

यसअघी ट्रम्प प्रशासनका तीन उच्च अधिकृतले राजीनामा दिइसकेका छन् ।(एजेन्सी)