भारतीय प्रधानमन्त्री मोदीको ‘अनादर’ गरेकोमा बीएसएफका एक जवानलाई दिइयो यस्तो सजाय • Image Khabar Image Khabar


भारतीय प्रधानमन्त्री मोदीको ‘अनादर’ गरेकोमा बीएसएफका एक जवानलाई दिइयो यस्तो सजाय


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार १०:०२

भारतीय प्रधानमन्त्री मोदीको ‘अनादर’ गरेकोमा बीएसएफका एक जवानलाई दिइयो यस्तो सजाय

अंग्रेजी भाषामा प्रकाशित हुने भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’काअनुसार ती जवानले प्रधानमन्त्री मोदीको नाम लिनुअघि ‘श्री’ या ‘माननीय’ जस्ता आदरसूचक शब्द प्रयोग गरेका थिएनन् । पश्चिम बंगालको नदिया जिल्लाको महतपुरस्थित बीएसएफको १५ औं बटालियनको मुख्यालयमा सो घटना भएको बताइएको छ ।

सो अखबारका अनुसार २१ फेब्रुअरीका दिन बीएसएफका जवानहरु नियमित अभ्यासअनुसार ‘जीरो परेड’ गर्दै थिए । यसै क्रममा सञ्जीवकुमार नाम गरेका एक जवानले आफ्नो रिपोर्टमा ‘मोदी कार्यक्रम’ शब्द प्रयोग गरेका थिए ।

उनको यो व्यवहारप्रति बटालियनका कमान्डिङ अफिसर असन्तुष्ट भएको र उनलाई दण्डित गरेको सो अखबारले जनाएको छ । अखबारका अनुसार सञ्जीवकुमारलाई अनुशासनात्मक कारवाही गर्दै दण्डस्वरुप सात दिनको तलव काटिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्