रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु • Image Khabar Image Khabar


रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार ११:४५

रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु

काठमाडौं, फागुन २३ । रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।

विमानमा चालक दलका ६ सदस्यसहित ३९ जनाको मृत्यु भएको हो ।

पश्चिमी सिरियास्थित रुसी पक्षले प्रयोग गर्दै आएको तटीय शहर लाताकिया नजिकै हेमिमिममा हवाई मैदानमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो ।

विमान धावनमार्गभन्दा ५ सय मिटर अगाडि जमिनमा धसिएको बताइएको छ । प्राविधिक त्रुटीका कारण विमान दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने जनाएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुने सैनिकप्रति समवेदना प्रकट गरेका छन् ।

सिरियामा गत फेब्रअरी ३ मा पनि बिमान दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्