
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार तोलामा १०० ले घटेर तोलाको ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले उकालो लागेर तोलाको ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ३३ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्