२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति ट्रम्प तयार


0
Shares

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यु–योङलाई ह्वाइट हाउसमा भेट्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका हुन् । उनले आगामी मेसम्म भेटवार्ता हुनसक्ने पनि बताए ।

उत्तर कोरियाली नेता किमले आफ्नो आणविक कार्यक्रम रोक्ने जनाएपछि ट्रम्पले भेटवार्ता गर्ने बताइएको हो । राष्ट्रपति ट्रम्पसँगको भेटपछि दक्षिण कोरियाली सुरक्षा सल्लाह योङले उत्तर कोरियाले यसै हप्ताभित्र आणविक कार्यक्रम स्थगित गर्ने घोषणा गर्नेसमेत बताए ।

उनले आफ्नो देशको प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेतासँग कुरा गर्दा आणविक कार्यक्रम स्थगित गर्न तयार रहेको बताएको जानकारी दिए । (एजेन्सी)