Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पहिलो लेगमा आर्सनलको शानदार जित, क्वाटरफाइनल पुग्ने सम्भावना बलियो


0
Shares

गएराति ईटालियन क्लब एसी मिलानको मैदान सान सिरोमा भएको प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा आर्सनललाई विजयी गराउन हेन्रिक मख्तरियान र आरोन राम्सेले एक–एक गोल गरे । पहिलो लेगमा २–० को अग्रता लिएसँगै आर्सनलले युरोपा लिगको क्वाटरफाईनल पुग्ने सम्भावना बलियो पारेको छ ।

युरोपा लिग फुटबलअन्तर्गत प्रि–क्वाटरफाईनल पहिलो लेगका अन्य खेलहरुमा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाई ३–० ले, फ्रान्सको लियोंले रुसको सिएसकेए मस्कोलाई १–० ले, फ्रान्सको मार्सेले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३–१ ले तथा अष्ट्रियाको आरबी साल्जबर्गले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–१ ले हराएका छन् ।

ईटालीको लाजियो र युक्रेनको डाईनामो किभले भने २÷२ गोलको बराबरी खेलेका छन् ।