२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ


0
Shares

पक्राउ पर्नेमा सीतापुर, भंगहा वडा नम्बर–६ बस्ने १९ वर्षीय सुभाष विक, सोही ठाउँ बस्ने २२ वर्षीय सचिन राय थारु, वर्ष २२ कै प्रदीपसिंह थारु र २६ वर्षीय गोविन्दकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

गत सोमबार राति साढे ९ बजेतिर घरबाट बाहिर पिसाब फेर्न निस्किएकी २२ वर्षीया युवतीलाई लुकेर बसेका ती युवाहरुले सोही ठाउँको एक खेतमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ ।

घर गएर ती युवतीले आमा–बुवालाई भनेपछि सोको भोलिपल्ट नै प्रहरीमा गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।