
शुक्रबार महासंघ सचिवालयमा सम्पन्न निर्वाचनमा निरक केसीलाई ३२ मतले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।
प्रधानले ६५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी केसीले ३३ मत प्राप्त गरे ।
१०६ जना मतदातामध्ये ९८ जनाले मतदान गरेको महासंघले जनाएको छ ।
जिल्ला÷नगर उपाध्यक्षमा निर्वाचित प्रमोद श्रेष्ठले म्याग्दी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि महासंघले उनको पद खारेज गरेको थियो ।
उपाध्यक्षको निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद उम्मेदवार थिए ।
नवनिर्वाचित उपाध्यक्ष प्रधानले सरकारसँगको सहकार्यमा जिल्ला/नगर क्षेत्रका उद्योगको प्रवद्र्धनमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्