
पक्राउ पर्नेमा सुनसरीे बराह–६ घर भइ हाल उदयपुर, बेलका नगरपालिका–९, शुक्रबारेमा चटपटे व्यापार गर्दै आएका ६० वर्षीय सुडीलाल चौधरी रहेका छन् ।
स्थानीय एक १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार साँझपख बाटोमा एक्लै हिँड्दै गरेको अवस्थामा बलजफ्ती पक्रेर झाडीमा लगी चौधरीले ती किशोरीलाई जबर्जस्ती करणी गरेका गरेका थिए ।
घटना घटेपछि किशोरी चिच्याएको र स्थानीयवासीले उक्त घटना सम्बन्धमा थाहा पाएर प्रहरीलाई जानकारी गराएपछि चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।
पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको पनि उनले बताए ।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याउने कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रासस
प्रतिक्रिया दिनुहोस्