अफगानिस्तानमा तालिवानले गरेको आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु • Image Khabar Image Khabar


अफगानिस्तानमा तालिवानले गरेको आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १०:२२

अफगानिस्तानमा तालिवानले गरेको आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, फागुन २७ । अफगानिस्तानको फराह राज्यमा तालिवान समूहले गरेको आक्रमणमा २४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

इरानको सिमा नजिक अफगानिस्तानको बाला बुलुक जिल्लामा तालिवानविरुद्ध कारबाहीको तयारीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएको हो ।

मारिनेमा चार जना स्पेसल फोर्सका अधिकृतसमेत रहेका छन् । घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।

अफगानिस्तानमा पछिल्लो समय तालिवान आक्रमण तीब्र भएपछि सरकारी सेनाले तालिवानका पकड क्षेत्रमा धावा बोल्दै आएको छ ।

यसैक्रममा १० दिनअघि भएको हवाई हमलामा केही तालिवानको मृत्यु भएको थियो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्